साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट, ६० करोडको मात्र कारोबार

साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट, ६० करोडको मात्र कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अंकको गिरावट भएको छ । साताको कारोबारको पहिलो दिन आज आइतवार नेप्से १९.१२ अंकले घटेर १ हजार ८ सय ५० दशमलव ६१ विन्दुमा पुगि बन्द भएको हो । अघिल्लो कारोबार दिन अर्थात बिहिवार नेप्से १२.७३ अंकले बढेर १ हजार ८ सय ६९ दशमलव ७३ विन्दुमा भएको थियो ।

त्यस्तै, नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेमा आज ६० करोड ८१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । बिहिवार नेप्सेमा ७३ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीको शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२२ प्रतिशतले बढेर प्रतिकित्ता ५४२.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एनएमबी डिबेन्चर र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ३ करोड २२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।