बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिवार नेप्से १२.७३ अंकले बढेर १ हजार ८ सय ६९ दशमलव ७३ विन्दुमा पुगि बन्द भएको हो । बुधवार नेप्से ९.१८ अंकले घटेर १ हजार ८ सय ५७ दशमलव २३ विन्दुमा भएको थियो ।
त्यस्तै, नेप्सेमा वृद्धि भएसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । नेप्सेमा आज ७३ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार नेप्सेमा ६२ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १६२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एनआइबिल ग्रोथ फण्ड र लक्ष्मी लघुवित्त संस्थाको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको हो ।
नेप्सेका अनुसार आज एनएमबि डिबेन्चर र नेपाल एसविआइ डिबेन्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढिले घटेको छ ।
त्यस्तै, आज सबैभन्दा बढी कारोबार नबिल बैंकको संस्थापक शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया