स्वावलम्बन लघुवित्तको करिब १७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

स्वावलम्बन लघुवित्तको करिब १७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको करिब १७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज बुधवार नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरको कुल १६ लाख ८३ हजार २५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातमा आएपछि कारोबार गर्न सक्नेछन् ।