धितोपत्र बोर्डद्वारा १६ नयाँ ब्रोकरलाई आशय पत्र प्रदान (सूचीसहित) 

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
धितोपत्र बोर्डको सञ्चालक समितिले १६ नयाँ ब्रोकरलाई सञ्चालनको लागि तयारी गर्न आशय पत्र  (एलओआई) प्रदान गरेको छ।  सेयर बजारमा १० वर्षपछि ब्रोकर थपिन लागेको हो। २०६८ मा २७ नयाँ ब्रोकर थपिएर कुल ५० वटा ब्रोकर संख्या पुगेको थियो।

धितोपत्र बोर्डले असोजमै आवेदन मागेका ४५ मध्ये १६ वटाले आशय पत्र पाएका हुन्।  नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सिविआइएल सेक्युरिटिज, केविएल सेक्युरिटिज, आरबिबि सेक्युरिटिज, सानिमा सेक्युरिटिजले आशय पत्र पाएका हुन्। 

यस्तै, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकारभैरव सेक्युरिटिज, एलिट स्टक आउस र एसपिएसए सेक्युरिटिज रहेका छन्।  प्रक्रियामा रहेका अन्यलाई पनि क्रमिक रुपमा आशय पत्र दिने बोर्डले जनाएको छ । बोर्डले हरेक तीन-तीन वर्षमा बजारको आवश्यकता अनुसार धितोपत्र दलाल थप्न सक्ने व्यवस्था छ। 

धितोपत्र व्यापारीको लागि १ अर्ब ५० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने दलालको लागि २० करोड रूपैयाँ चुक्ता पुँजी तोकिएको छ।   आशय पत्र पाएको ६ महिनाभित्रमा यी कम्पनीले पूर्वाधार तयार गरी धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था छ।

१. नबिल सेक्युरिटिज – धितोपत्र ब्यापारी 

२. मेघा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल

३. आकाश भैरव सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

४. इन्डेक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

५. केबीएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

६. एनएमबि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

७. आरविवि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

८. सानिमा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

९. सीबिआईएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

१०. सन् सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

११. क्यापिटल म्याक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

१२. भोले गणेश सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

१३. एसपीएसएस सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

१४. हिमालयन ब्रोकेज कम्पनी – सिमित कार्य गर्ने धितोपत्र दलाल

१५. एलिट स्टक हाउस – सिमित कार्य गर्ने धितोपत्र दलाल

१६.इन्फिनिटी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल