बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतवार गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको गत माघ २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ५ प्रतिशत बराबरको ६ लाख १७ हजार ७६० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि बजारमा कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया