साताको पहिलो करोबार दिनमै दोहोरो अंकले घट्यो नेप्से, ९५ करोडको कारोबार

साताको पहिलो करोबार दिनमै दोहोरो अंकले घट्यो नेप्से, ९५ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा घट्ने क्रम जारी रहेको छ । साताको कारोबारको पहिलो दिन आज आइतवार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १९.११ अंकले घटेर १ हजार ८ सय ७० दशमलव ६५ विन्दुमा पुगेर बन्द भएको हो । बिहिवार नेप्से २.२७ अंकले घटेर १ हजार ८ सय ८९ दशमलव ७३ विन्दुमा पुगेर बन्द भएको थियो ।

त्यस्तै, नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकममा भने वृद्धि भएको छ । नेप्सेमा आज ९५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार नेप्सेमा ७३ करोड ९६ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।

आज कारोबार भएका २६ कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एनएमबि सुलभ इन्भेष्टमेण्ड फण्ड–२ र प्रभु बैंक डिबेन्चर २०८७ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज एनआइबिल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढिले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४ करोड २५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।