बिपिडब्लु लघुवित्त र आत्मनिर्भर लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

बिपिडब्लु लघुवित्त र आत्मनिर्भर लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतवार दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ ।

बिपिडब्लु लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सूचीकृत भएको हो । बिपि डब्लु लघुवित्तले सर्वसाधारणको लागि निष्कासन गरेको ९७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २ लाख ३ हजार कित्ता गरेर कुल ३ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ८६ दशमलव ७८ देखि अधिकतम रु. २६० दशमलव ३४ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि सोमवारदेखि कारोबारमा आउनेछ । साथै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा मेगा क्यापिटल मार्केट्स लिमिटेडले दिने कम्पनीले जानकारी दिएको छ । 

त्यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको कुल ६ लाख २३ हजार ३८० कित्ता साधारण शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २ लाख ३ हजार ३८० कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ४ लाख २० हजार कित्ता गरी कुल ६ लाख २३ हजार ३८० कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ३७१ दशमलव ८२ देखि अधिकतम रू. १ हजार ११५ दशमलव ४६ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि सोमवारदेखि कारोबारमा आउनेछ । साथै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा बिओके क्यापिटल मार्केट लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ ।