बैंकिङ्ग समाचार, काठमाडौं ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा अर्थात २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ८० करोड बराबरको १ः२ को अनुपातमा १ अर्ब ६० करोड बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्प्नीले हकप्रद शेयरबापत प्राप्त ९६ करोड रुपैयाँ सो आयोजनामा लगानी गर्नेछ भने बाँकी रहेको रकम बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्नेछ ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ ।
प्रतिक्रिया