बैंकिङ्ग समाचार, काठमाडौं ।
अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।
कम्पनीले ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न वैशाख १३ गते अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले लमजुङ जिल्लाको स्याङ्गे भन्ने ठाउँमा अप्पर स्याङ्गे खोला स्मल हाइड्रोपावर आयोजनाबाट २ दशमलव ४ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहेको छ ।
प्रतिक्रिया