बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमाल दोलखा हाईडोपावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीलाई बोर्डले बैशाख १२ गते ७५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति प्रदान गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीको हकप्रद शेयर विक्रीपछि चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले यो हकप्रद विक्रीका लागि अनुमति माग्दै गत पुस २६ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।
प्रतिक्रिया