एनसेलको अनलाइन कक्षा प्याकेज: २५० रुपैयाँमा २३ जिबी डेटासहितको बन्डल

एनसेलको अनलाइन कक्षा प्याकेज: २५० रुपैयाँमा २३ जिबी डेटासहितको बन्डल


बैकिङ्ग समाचार । 
एनसेलले अनलाइन शिक्षा लक्षित प्याकेज ल्याएको छ। विद्यार्थीका लागि ल्याइएको यस्तो प्याकेजका लागि कम्पनीले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँग सम्झौता गरेको छ।

कोरोना महामारीले गर्दा विद्यालयहरू बन्द भई अध्ययन-अध्यापनमा असर परिरहेको अवस्थामा अनलाइन कक्षा तथा सिकाइका लागि मासिक योजना ल्याएको कम्पनीले जानकारी दिएको छ।

यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो। यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने कम्पनीले विश्वास लिएको छ।

मासिक योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्छन्।

विद्यार्थीले कर बाहेक मासिक २५० रूपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन्।