रावा इनर्जिको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले चैत २३ गतेदेखि वैशाख ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५६ हजार कित्ता आईपीओ विक्री गरेको थियो । 

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई वैशाख १३ गते बाँडफाँड गरिएको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा पनि चैत २३ गतेदेखि आईपीओ विक्री गरिरहेको छ । आयोजना प्रभावित स्थानीयले भने वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी रू. २८ करोडको १० प्रतिशतले हुने रू. २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।

त्यस्तै दोस्रो चरणमा जारी हुने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू. ५६ लाख बराबरको ५६ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि बाँडफाँट गरिएको हो ।