लक्ष्मी लघुवित्तको सीइओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

लक्ष्मी लघुवित्तको सीइओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले संस्थाका नायब महाप्रबन्धक श्रेष्ठलाई सीइओमा नियुक्त गर्ने निणर्य गरेको हो ।

बैशाख १८ गते देखि लागू हुनेगरी कम्पनीले श्रेष्ठलाई आगामी ४ वर्षको लागि सीइओमा नियुक्त गरेको हो ।

हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माको कार्यकाल बैशाख १७ गतेदेखि समाप्त हुदैछ ।