बैंकिङ्ग समाचार, काठमाडौं ।
बोटलर्स नेपाल तराई लिमिटेडले शेयरधनीहरूलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले ३१औं (आ.व. २०७३/७४) वार्षिक साधारण सभाबाट पारित लाभांश रकम भुक्तानी नलिएका शेयरधनीहरूलाई उक्त रकम लिन अनुरोध गरेको हो ।
उक्त लाभांश रकम कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय काठमाडौं, नक्सालमा सम्पर्क गरी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
उक्त रकम एक महिनाभित्र लिन कम्पनीले अनुरोध गरेको छ । सो अवधिभित्र लाभांश रकम लिन नआउनेको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया