बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (बैशाख १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात बैशाख १४ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस शेयर वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न संस्थाले वैशाख ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा धुलिखेल लज रिसोर्टको सभाहल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया