नेपाल हाइड्रो डेभलोपरको करिब १ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलोपर लिमिटेडको बोनस शेयर मंगलवार सूचीकृत भएको छ । कम्पनीको १ लाख ५९ हजार ९६५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।