समृद्धि फाइनान्सको नयाँ क्यासब्याक योजना ‘ग्याससँगै क्यास’ सार्वजनिक

समृद्धि फाइनान्सको नयाँ क्यासब्याक योजना ‘ग्याससँगै क्यास’ सार्वजनिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
“समृद्धिको लागि सहकार्य” भन्ने मुल नाराका साथ ग्राहकहरुमाझ समृद्धि फाइनान्सले आकर्षक योजनाहरु पस्किने क्रममा नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र विक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्युआर प्रयोग गरि कारोबार गर्दा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन ।

जसमा समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्युआर प्रयोग गरी ग्यासको खरिद बिक्री कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले ५० र विक्रेताले १० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन । त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानिको जार खरिद गर्दा खरिदकर्ताले ५ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन ।

उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।