नयाँ स्टक एक्सचेन्जका लागि दुई कम्पनीको आवेदन दर्ता

नयाँ स्टक एक्सचेन्जका लागि दुई कम्पनीको आवेदन दर्ता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ स्टक एक्सचेन्जका लागि हालसम्म दुई कम्पनीको आवेदन दर्ता भएको छ ।

शुक्रवार हिमालयन स्टक एक्सचेन्जले निवेदन दर्ता गराएकोमा आइतवार दिउँसो नेशनल स्टक एक्सचेन्जले समेत आवेदन दर्ता गराएको बोर्डले जानकारी दिएको छ । नेपाल धितोपत्र बोर्डले चैत ३० गते एक नयाँ स्टक एक्सचेन्ज र दुई कमोडिटी एक्सचेन्जका लागि आवेदन माग गरेको हो ।

आइतवार साँझ ५ बजेसम्म आवेदन दर्ता गर्न सकिने जानकारी बोर्डले दिएको छ । दुई कमोडिटी एक्सचेन्जका लागि भने हालसम्म कुनै पनि आवेदन नपरेको बोर्डको भनाइ छ ।