बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से १५.१३ अंकले बढेर १ हजार ९ सय २० दशमलब १२ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से ३.०७ अंकले घटेर १ हजार ९ सय ४ दशमलब ९८ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, नेप्सेमा समान्य दोहोरो अंकको वृद्धि भएपनि कारोबार रकम स्थिर रहेको छ । नेप्सेमा आज ८७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार नेप्सेमा ८७ करोड ४ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
आज कारोबार भएका १६७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीकोे शेयरमूल्य घटेको छ, १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७३४.४० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २२६.९० रुपैयाँ पुगेको छ । त्यस्तै, आज गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.५९ अंकले बढेर प्रतिकित्ता ७६६ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी स्वाभलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ८ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया