बेष्ट फाइनान्सको साधारणसभा बैशाख २९ मा बस्दै, के-के छन् प्रस्ताव ?

बेष्ट फाइनान्सको साधारणसभा बैशाख २९ मा बस्दै, के-के छन् प्रस्ताव ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
बेष्ट फाइनान्स कम्पनीले आफ्नो २६औं वार्षिक साधारणसभा बैशाख २९ गते, शुक्रबार छब्बिसौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ११ बजे सभा गर्ने जनाएको हो । कम्पनीको बैशाख ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले यस बेष्ट फाइनान्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को बार्षिक वित्तीय विवरण २०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा मर्जर तथा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसकारण बैशाख ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्ने छन् ।