नेशनल माइक्रोफाइनान्सको १५% बोनस शेयर पछिको शेयरमूल्य समायोजन

नेशनल माइक्रोफाइनान्सको १५% बोनस शेयर पछिको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले वैशाख ४ गते बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । समायोजन पश्चात् कम्पनीको शेयर मूल्य रू. १ हजार २४७ दशमलव ८३ कायम भएको छ ।

नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य रू. १ हजार ४३५ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि  दोस्रो बजारमा कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।