काठमाडौं – आईएमई पे र खल्ती वालेट मर्ज भएर आज (साउन १ गते) बाट ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही यो कारोबारमा जोडिएका कम्पनीले जनाएको हाे।
यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आईएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।
सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ। यी दुई वालेटले आपसी मर्जरमा जानुअघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए।



About Us
प्रतिक्रिया