काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतबाट इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नयाँ सुची पठाएपछी निगमले आज राती १२ बजेदेखी लागू हुने गरेर घटाएको हो ।
निगम प्रबक्ताले दिएको जानकारी अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँ घटेको छ ।
यससँगै, पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५७ रुपैयाँ, दोस्रो वर्गमा प्रतिलिटर १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ प्रतिलिटर कायम भएको छ । यता पहिलो वर्गमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।



About Us
प्रतिक्रिया