माई खोला हाइड्रोपावरको पहिलोे चरणमा स्थानीय र वैदेशिक रोजगारमा गएका नेपालीमा जारी आईपीओ बाँडफाँड

माई खोला हाइड्रोपावरको पहिलोे चरणमा स्थानीय र वैदेशिक रोजगारमा गएका नेपालीमा जारी आईपीओ बाँडफाँड


बैंकिङ्ग समाचार, काठमाडौं ।
माई खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २५ गतेदेखि चैत ९ गतेसम्म विक्री खुला गरेको थियो । 

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि विक्री गरेको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको भनाइ छ । त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिएको छ ।

विक्री प्रबन्धकका अनुसार चैत २७ गते दुपहिलोे चरणमा स्थानीय र वैदेशिक रोजगारमा गएका नेपालीमा जारी आईपीओ बाँडफाँड गरिएको हो । अब कम्पनीले दोस्रो चरणको आईपीओ विक्री गर्नेछ ।