बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलवार नेप्से २७.३१ अंकले बढेर १ हजार ८ सय ७१ दशमलव ३३ विन्दुमा बन्द भएको छ । हिजो सोमवार नेप्से ५.५४ अंकले बढेर १ हजार ८ सय ४४ दशमलव ०२ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, शेयर बजार बढेसँगै कारोबार रकम भने स्थिर रहेको छ । आज सामान्य सुधार भई ९४ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ९१ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीकोे शेयरमूल्य घटेको, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४१४.८० रुपैयाँ पुगेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.६९ प्रतिशतले बढेर प्रतिकित्ता १०७५ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दाबढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड १० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया