नेप्सेमा आज झिनो अंकको वृद्धि, कारोबार रकम फेरि १ अर्ब मुनि झर्यो

नेप्सेमा आज झिनो अंकको वृद्धि, कारोबार रकम फेरि १ अर्ब मुनि झर्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको दोस्रो दिन आज सोमवार नेप्से ५.५४ अंकले बढेर १ हजार ८ सय ४४ दशमलव ०२ विन्दुमा बन्द भएको छ । हिजो आइतवार नेप्से २८.३१ अंकले घटेर १ हजार ८ सय ३८ दशमलव ४८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, नेप्सेमा आज सामान्य वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ । धेरै दिन पछि हिजो १ अर्ब भन्दा बढिको कारोबार भएको नेप्सेमा आज फेरि कारोबार रकम १ अर्ब भन्दा तल झरेको छ । आज नेप्सेमा ९१ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार नेप्सेमा १ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरु मध्ये १३२ कम्पनीको शेयरमूल्य बढेको छ भने ७७ कम्पनीकोे शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ  ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२४.५० रुपैयाँ पुगेको छ । त्यस्तै, कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३७७.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले  घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ६ करोड ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।