बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आइतबार कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रमा स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर, कर्मचारीहरुलाई वितरण गरिएको १६ लाख ६६ हजार २५० कित्ता शेयर, र सर्वसाधारण शेयरधनीहरु (सामुहिक लगानी कोष र बैदेशिक रोजगारीमा रहेका नेपाली समेत) ४९ लाख ९८ हजार ७५० कित्ता र संस्थापकहरुले लगानी गरेको २ करोड ३३ लाख २७ हजार ५०० कित्ता गरी कुल ३ करोड ३३ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो रेन्जमा रहेर सोमबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले टिएएमओआर (TAMOR) कारोबार संकेत प्रदान गरेको छ ।
प्रतिक्रिया