साताको पहिलो दिनमै उच्च अंकले घट्यो, कारोबार रकम १ अर्ब १५ करोड बढि

साताको पहिलो दिनमै उच्च अंकले घट्यो, कारोबार रकम १ अर्ब १५ करोड बढि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज उच्च अंकको गिरावट भएको छ । साताको कारोबारको पहिलो दिन आज आइतवार नेप्से २८.३१ अंकले घटेर १ हजार ८ सय ३८ दशमलव ४८ विन्दुमा बन्द भएको छ । बिहिवार नेप्से ८.२८ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, नेप्सेमा सामान्य गिरावट भएपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार नेप्सेमा ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरु मध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिन्चोक दर्शन लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज माछापुच्छ्रे बैंक डिबेन्चर २०८५ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।