बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धेरै दिनपछि हिजो छाएको हरियाली आज टिक्न सकेन । साताको कारोबारको आन्तिम दिन आज बिहिवार नेप्से ८.२८ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा बन्द भएको छ । बुधवार नेप्से ८.३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव ०७ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, नेप्सेमा सामान्य गिरावट भएपनि कारोबार रकममा भने वृद्धि भएको छ, यद्यपि आज पनि कारोबार रकम १ अर्ब पुग्न सकेन । आज नेप्सेमा ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार नेप्सेमा ८१ करोड ६० लाख लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरु मध्ये ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ कम्पनीकोे शेयरमूल्य घटेको छ, ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार दुई कम्पनीहरुको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिन्चोक दर्शन लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३११.८० रुपैयाँ पुगेको छ भने सिटिजन्स म्युचयल फण्ड २ को शेयरमुल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता ७.७४ रुपैँया पुगेको छ ।
नेप्सेका अनुसार आज सामलिङ्ग पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया