काठमाडौं– पछिल्लो समय मुद्रास्फीतिमा थप घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.१७ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहको छ ।
काठमाडौं उपत्यकाको मुद्रास्फीति २.७३ प्रतिशत, तराईमा २.५८, पहाडमा २.४८ र हिमाली क्षेत्रमा सबैभन्दा बढी ४.१८ प्रतिशत छ । प्रदेशगत रूपमा कोशी र हिमाल क्षेत्र ४.१८ प्रतिशतले अगाडि छन् भने मधेश २.५२, बागमती २.२९, गण्डकी १.७५, लुम्बिनी २.३९, कर्णाली २.५४ र सुदूरपश्चिममा ३.८६ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ ।
थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति भने घटेर १.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.४८ प्रतिशत थियो । उपभोग्य वस्तुहरूमा थोक मुद्रास्फीति ५.६६ प्रतिशत, मध्यवर्ती वस्तुहरूमा ०.९३ प्रतिशत गिरावट र पुँजीगत वस्तुहरूमा २.९९ प्रतिशत वृद्धी देखिएको छ भने निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ०.३५ प्रतिशत मात्र बढेको छ ।



About Us
प्रतिक्रिया