चन्द्रागिरी हिल्सलाई विभागको २ लाख ९० हजार जरिवाना


काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्त्रगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्रागिरि हिल्सलाई २ लाख ९० हजार जरिवाना तिराएको छ । विभागले कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०७३ को दफा ३८) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १(ख) बमोजिम सो जरिवाना तिराएको हो ।

साथै, विभागले अन्य कम्पनीलाई मान्य निर्देशन दिएको छ । यससँगै विभागले रियान्स ट्रेडिङ्ग प्रा.लि, काठमाडौं सुपर मार्केट प्रा.लि त्यसैगरी भाटभटेनी सुपर स्टोर, आहाना ट्रेड लिंक र सन इस्ट इन्टरनेशनल प्रा.लि गरी ५ कम्पनीलाई सामान्य निर्देशन दिएको हो ।

विभागले यी उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम आवश्यक कारबाही गरेको हो ।