बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेकाले आज अर्थात चैत १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले २०८० बैशाख १५ गते साधारणसभा बोलाएका छ । सभा सिटी स्क्वयार प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै जीवन विकास लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय मोरङ्गमा बिहान १०ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
प्रतिक्रिया