आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता


काठमाडौं – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट पाएको सेवा सुविधा फिर्ता गर्ने व्यहोराको पत्र गृह मन्त्रालयमा पुगेको छ। पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी हुन् । उनले आजकै मितिबाट लागू हुने गरी सेवासुविधा फिर्ता गरेक हुन् ।

 पूर्व राष्ट्रपति भण्डारीले सुरक्षाबाहेकका सबै सुविधा फिर्ता गर्ने भन्दै पठाएकाे पत्र गृह मन्त्रालयमा आज बुधबार दर्ता भएको हो। पूर्व राष्ट्रपति भण्डारीले आफ्नो सचिवालयमा सरकारले उपलब्ध गराएका एक उपसचिव, एक शाखा अधिकृत, एक जना कार्यालय सहायक पनि फिर्ता गर्न गृहलाई पत्र लेखेको एक स्रोतले जानकारी दिएको छ। 

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति भण्डारीले सबै सरकारी सेवा–सुविधा फिर्ता दिन लागेकाे उनकाे सचिवालयले जानकारी दिएकाे हाे।