छिमेक लघुवित्तले नगद लाभांश वितरण गर्न गर्यो सुरु

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्थाले यस वर्षको नगद लाभांश वितरण गर्न सुरु गरेको छ । 

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा करसमेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव चैत १० गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित गराएको थियो । उक्त नगद लाभांश चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीहको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरिएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको आधारमा नगद लाभांशसँगै २२ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहको हितग्राही खातामा जम्मा गरिनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २४ गते सार्वजनिक विदा परी बजार बन्द भएकाले फागुन २३ गतेसम्म कायम शेयरधनीहले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

फागुन २३ गतेसम्म आफ्नो शेयर धितो राखेर कर्जा सुविधा उपभोग गरेका सदस्यहको हकमा सम्बन्धित संस्थाबाट धितो राखेको शेयरको संख्या समेत खुल्ने गरी नगद लाभांश तथा बोनस शेयर प्रदान गर्नका लागि नो अब्जेक्सन लेटर र सो मितिपछि कर्जा भुक्तानी गरेका सदस्यहले फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीको भनाइ छ । कम्पनीको शेयर रजिष्टारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।