विराटनगर – कोशी प्रदेशको आगामी आर्थिक बर्ष २०८२–८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । शुक्रबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले विनियोजन विधेयक र अर्थ विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बर बहादुर बिष्टले घोषणा गरेसँगै बार्षिक बजेट पारित भएको हो ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बार्षिक बजेट प्रदेश सभामा पेश गरेको हो । उक्त बजेटका केही शिर्षकमा नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बुले खर्च कटौतिको प्रस्ताव पेश गरेका थिए । खर्च कटौतिको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।



About Us
प्रतिक्रिया