कुमारी बैंकको ६१ हजार कित्ता सेयर बिक्रीमा

कुमारी बैंकको ६१ हजार कित्ता सेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।

कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४२५ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड–१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं टंगाल–२ मा पुग्नेगरी दरखास्त दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त सेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।