सानिमा रिलायन्स लाइफको सीईओमा पाण्डे

सानिमा रिलायन्स लाइफको सीईओमा पाण्डे


बैंकिङ्ग समाचार, काठमाडौं ।

सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । सोमबार नेपाल बिमा प्राधिकरणले उनको नियुक्तिलाई अनुमति दिएको छ ।

चार्टर्ड एकाउन्टेन्स समेत रहेका पाण्डेले नेपाल राष्ट्र बैंकमा ३० वर्ष बिताए । पाण्डेले राष्ट्र बैंकमा महत्त्वपूर्ण मानिने नियमन विभागको प्रमुखका रूपमा जिम्मेवारी पूरा गरेका थिए ।

राष्ट्र बैंकबाट अवकाश पाएपछि उनले सूर्या लाइफमा सीईओका रूपमा काम गरेका थिए । उनले त्यहाँ तीन वर्षभन्दा बढी समय काम गरे ।

सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा गएपछि सीईओका रूपमा पाण्डेलाई ल्याउने निर्णय गरिएको थियो ।