बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नेपाल राष्ट्र बैंकले १५ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।
पुस २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २८ करोड २१ लाख ६९ हजारको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीलाई राष्ट्र बैंकले भने बोनस शेयर र नगदसमेत गरी कुल १५ प्रतिशत लाभांश वितरणको लागि स्वीकृति प्रदान गरेको हो ।
चैत १० गते राष्ट्र बैंकले कम्पनीलाई गत आर्थिक वर्षको वित्तीय विवरणसहित लाभांश पनि आगामी साधारण सभाबाट पारित गराउन अनुमति दिएको हो । गत वर्ष कम्पनीले २६ प्रतिशत बोनस मात्र वितरण गरेको थियो ।
प्रतिक्रिया