दक्षिणकालीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न 

दक्षिणकालीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न 


बैंकिङ्ग समाचार, काठमाडौं ।

दक्षिणकालीको फर्पिङ उच्च माध्यमिक विद्यालयमा आज शुक्रबार डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । दक्षिणकाली नगरपालिका ६ को फर्पिङ स्थित फर्पिङ उच्च माध्यमिक विद्यालयमा बैंकिङ शिक्षा र कामना सेवा विकास बैंकको संयुक्त आयोजनामा ग्लोबल मनि वीकको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो । 

\"\"

 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उप–निर्देशक विशाल सर्राफ, कामना सेवा विकास बैंकका डिपोजिट एण्ड ट्रान्जेक्सनअफिसर क्षितिज खड्का, त्यस्तै फर्पिङ उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल कृष्ण कुमार श्रेष्ठ,भाइस प्रिन्सिपल श्रीकृष्ण महर्जन लगायत लगभग १०० भन्दा बढी विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

\"\"

कार्यक्रमा बोल्दै कामना सेवा विकास बैंकका डिपोजिट एण्ड ट्रान्जेक्सन अफिसर क्षितिज खड्काले वित्तीय साक्षरता अन्तरगत वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै कामना सेवा विकास बैंकले दिने सेवा सुविधा, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए । 

त्यस्तै नेपाल राष्ट्र बैंकका उप–निर्देशक बिशाल सर्राफले ग्लोबल मनि वीकको बारेमा जानकारी दिदै डिजिटल वित्तीय साक्षरता ,विद्युतीय वित्तीय सेवाको आधारभूत पक्षहरु,नेपालमा हालसम्म उपलब्ध विद्युतीय वित्तीय सेवाहरु,विद्युतीय वित्तीय सेवाहरूको सिमाशुल्क सम्बन्धी व्यवस्थाहरु,विद्युतीय भुक्तानी गर्ने तरिका र फाइदाहरु,विद्युतीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानीहरु,कसरी सुरक्षित विद्युतीय कारोबार गर्ने,विद्युतीय भुक्तानी प्रणालीमा नेपाल राष्ट्र बैंकको भूमिका लगायतका बारेमा जानकारी गराएका थिए । 

आफ्नो विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम गरेकोमा फर्पिङ उच्च माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल श्रीकृष्ण महर्जनले धन्यवाद दिदै डिजिटल साक्षरताको बारेमा शिक्षक र विद्यार्थीहरु माझमा निकै महत्वपूर्ण र अत्ति आवश्यक रहेको बताए । विद्यार्थीहरुलाई यस्तो शिक्षाले भविष्यमा निकै फाइदा हुने पनि उनले बताए । 

\"\"

कार्यक्रमबाट डिजीटल साक्षरता र बैंक तथा बित्तीय क्षेत्रको बारेमा  जानकारी लिन पाउँदा खुसी लागेको र आफुले सिकेको कुरा आफ्नो परिवार, साथिसँगीहरुलाई समेत जानकारी दिने कार्यक्रमा सहभागी विद्यार्थीहरुले बताएका छन् ।

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"