उधारो कारोबार बन्द गर्नुपर्छ: राजेन्द्र मल्ल

उधारो कारोबार बन्द गर्नुपर्छ: राजेन्द्र मल्ल


बैंकिङ समाचार ,काठमाडौ ।

ब्याजदर घटाउन उधारो कारोबार बन्द गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् ।

बिहीबार नेपाल इटाली उद्योग वाणिज्य संघको ९ औं साधारणसभामा बोल्दै मल्लले यस्तो बताएका हुन् । उनले आर्थिक ऐनमा उधारो कारोबार बन्द गर्ने निति नियम आवश्यक रहेको बताएका छन्  ।
‘आर्थिक ऐन र नीतिगत सुधार नहुँदा उधारो कारोबार धेरै भएकाले उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ, बजारमा जाँदा पैसा आउँदैन, त्यसकारण बैंक तथा उद्योगी व्यवसायीलाई संकट पर्छ, यस्तो समस्याबाट मुक्त हुनको लागि नगद कारोबारमा जानु पर्छ,’ उनले भने ।

यस्तै ,आगामी बजेटमा आर्थिक ऎन ल्याउनु पर्ने पनि मल्लको धारणा छ । 
आयात भन्दा निर्यात बढी भएको र आउँदा दिनमा उद्योगी व्यवसायीहरूलाई यो देशमा आत्मनिर्भर बनाएर प्राकृतिक स्रोतसाधन सदुपयोग गरी निर्यात गर्न व्यापार घाटा घटाउन सकिने पनि मल्लले बताएका छन् ।