बैंकिङ्ग समाचार, काठमाडौ ।
किसान लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारणसभा चैत २८ गते गर्ने भएको छ । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितीको बैठकले चौथो वार्षिक साधारणसभा र्याकेट इभेण्टस, सुन्दरबस्ती, बूढानीलकण्ठ-८ काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको हो ।
सभाले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लेखापरिक्षणको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले सर्वसाधारण र संस्थापक शेयरधनीहरुको शेयर स्वामित्व अनुपात संशोधन गर्ने, एफपीओ निष्कासन गरी र यस लघुवित्तले अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने गाभिने वा प्राप्ती सम्बन्धी प्रक्रिया अगाडि बढाउने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितीलाई अख्त्यिारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा चैत १९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
प्रतिक्रिया