बैंकिङ्ग समाचार, काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आव २०७८/७९ सम्मको मुनाफाबाट यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको हो ।
कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले गत आवमा आर्जन गरेको संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले गत साउन १८ गते देखि २२ गते सम्म ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो भने असोज ७ गते शेयर सूचीकृत भई असोज ९ गते देखि धितोत्रपको दोस्रो बजारमा कारोबारमा आएको थियो ।
कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १ करोड १० लाख नाफा कमाएको थियो । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म अर्थात पुस मसान्तसम्ममा रू. १ करोड ५४ लाख नाफा कमाएको छ ।
प्रतिक्रिया