‘बैंकको ब्याज मिनाहा गर’ भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी ३ जना पक्राउ 

‘बैंकको ब्याज मिनाहा गर’ भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी ३ जना पक्राउ 


बैंकिङ्ग समाचार, काठमाडौं ।

‘बैंकको ब्याज मिनाह गर’ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८औँ अन्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाहरुले प्रधानमन्त्रीविरुद्ध यस्तो नाराबाजी गरेका हुन् । दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन,७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका थिए ।

नाराबाजीकै क्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै आग्रहसमेत गरेका थिए । तर, ती युवालाई प्रहरीले समाउन खोजेपछि उनीहरुले प्रधानमन्त्री दाहालविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

नाराबाजी गर्दै गर्दा प्रहरी समातेपछि एक युवाले ‘गरिबमारा प्रचण्ड मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार होसियार’ लगायतका नारा लगाएका थिए ।

त्यतिमात्र होइन प्रधानमन्त्री प्रचण्ड कार्यक्रमस्थल पुग्दैगर्दा एक युवाले ‘बैंकको ब्याज मिनाहा गर’ भन्दै नाराबाजी गरेका थिए । त्यसलगत्तै प्रहरीले ती युवाको मुख थुनेर नियन्त्रणमा लिएको थियो ।