बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ४ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २८ गते होटल जुुगल, मिरावल चोक, धुलिखेलमा दिउसो १ बजे बस्ने भएको हो ।
सभाले चाल आवको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७८/७९ वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका अन्य वित्तिय विवरणहरु पारित गर्ने साथै प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै सभाले थप सार्वजनिक निष्कासन र बोनस शेयर वितरणपश्चात् कम्पनीको पूँजी वृद्धि हुने भएकाले पूँजी वृद्धिलगायत विषयमा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा पनि छलफल गर्नेछ ।
साथै सभाले विजय लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने, सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जर पश्चात् विजय लघुवित्तको नामबाट कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
प्रतिक्रिया