बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारणसभा २०८० बैशाख १५ गते गर्ने भएको छ । सभा सिटि स्क्वायर प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षणको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।
त्यस्तै सभाले यस लघुवित्त वित्तीय संस्थाले अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ती सम्बन्धी प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितीलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत १७ गते देखि २०८० बैशाख १५ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा चैत १६ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया