बैंकिङ्ग समाचार, काठमाडौं ।
बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणमा निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयमा आज विहान ११ बजे बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । लघुवित्तको आईपीओमा कुल १४ लाख ५९ हजार ७८४ जनाले १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता शेयरका लागि आवेदन दिएका थिए । आवेदन परेको कुलमध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ ।
मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर आइपीओ बाँडफाँड गरिएको हो । जसअनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले लघुवित्तको शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएको छ ।
कम्पनीले फागुन १८ देखि २३ गतेसम्म आम सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीले ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी, ४ हजार ८५० कित्ता सामूहिक लगानी कोष र ८० हजार ९५० कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।
प्रतिक्रिया