नेप्सेमा दोहारो अंकको गिरावट जारी, २४.६८ अंकले बजार घट्दा कारोबार १ अर्बमा सिमित

नेप्सेमा दोहारो अंकको गिरावट जारी, २४.६८ अंकले बजार घट्दा कारोबार १ अर्बमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दाहोरो अंकको गिरावट भएको छ । आज नेप्से २४.६८ अंकले घटेर १ हजार ९ सय ५१ दशमलव २१ विन्दुमा बन्द भएको छ । हिजो आईतबार नेप्से २६.८० अंकले घटेर १ हजार ९ सय ७५ दशमलव ८९ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएसँगै कारोबार रकममा पनि उच्च गिरावट भएको छ । आज नेप्सेमा १ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये २४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीको शेयरमूल्य घटेको छ, ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शुभम पावर लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३८७.८० रुपैयाँ पुगेको छ । 

आज खप्तड लघुवित्तको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसि एशिया बैंकको भएको छ । यसको आज ६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ ।