सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट शुभारम्भ हुँदै  

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट शुभारम्भ हुँदै  


बैंकिङ्ग समाचार, काठमाडौं ।

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भई आजदेखि एकिकृत निर्जीवन बीमा कारोबार शुभारम्भ हुँदैछ ।

आजबाट मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार हुँदैछ । एकिकृत कारोबार पश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय नक्सलामा रहने छ ।

बीमा प्राधिकरणले फागुन १६ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले संयुक्त मर्जर कमिटिको फागुन २४ गतेको बैठकले फागुन २९ गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो ।

दुई कम्पनी विच १०० बराबर ८० को अनुपातमा मर्जर भएको हो । मर्जर पछि सगरमाथा लुम्बिनीको इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड पुग्नेछ । मर्जर पछि संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३÷३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।