बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक र प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फन्डका लागि एक दशमलव ५५ गुणाभन्दा बढी आवेदन परेको छ ।
निष्कासित कुल आठ करोड इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले एक करोड १२ लाख इकाइ र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले आठ लाख इकाइ सुरक्षित गरी सर्वसाधारणमा जारी गरेको ६ करोड ८० लाख इकाइका लागि एक दशमलव ५५ गुणाभन्दा बढी आवेदन परेको हो ।
आवेदन गर्ने अन्तिम दिन आइतबारसम्ममा सर्वसाधारणबाट १० करोड ५२ लाख ९६ हजार दुई सय इकाइका लागि आवेदन परेको प्रभु क्यापिटलले जनाएको छ ।
क्यापिटलले ८० करोड रुपैयाँबराबरको प्रभु स्मार्ट फन्ड नामको योजना निष्कासन गरेको भए तापनि सामूहिक लगानी कोष निर्देशिका, २०६९ अनुसार निष्कासन गरिएको भन्दा बढी संख्यामा इकाइ माग भएमा निष्कासन गरिएको इकाइ संख्याको २५ प्रतिशतसम्म थप गरी इकाइ बाँडफाँट गर्न सकिने व्यवस्था रहेको उल्लेख छ ।



About Us
प्रतिक्रिया