उन्नति सहकार्य लघुवित्तले यस वर्ष शेयरधनीलाई लाभांश नदिने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७९ को असार मसान्तसम्मको वासलात, नाफा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेकोले सो को अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।